बीपीका उपकुलपतिलाई कारबाही गर्न हर्कद्धारा मन्त्रालयलाई पत्र

काठमाडौँ ।माघ ८, धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कामु उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीलाई कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेको जानकारी प्राप्त भएको छ ।
कार्कीले कार्यकारणी समितिको बैठक बसाउन नसेका कारण प्रतिष्ठानका शिक्षक, कर्मचारी, चिकित्सकको समस्या सम्बोधन हुन नसकेको भन्दै मेयर राईले मन्त्रालयलाई कानुन बमोजिम कारबार्ही गर्न पत्र लेखेका हुन् ।