नेप्सेमा १७.३० अंकको उच्च गिरावट
सहयात्रा टिभी
काठमाडौं । चैत १८, पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २०१८ अंकमा झरेको छ ।
अघिल्लो कारोबार दिनको तुलनामा नेप्से १७.३० अंक घटेको हो । कुल ३ अर्ब २० करोड रुपैयाँको कारोबार भयो ।
उत्पादन समूह सबैभन्दा धेरै ३.६५ प्रतिशत घट्यो । बैंकिङ ०.५३, विकास बैंक १.०९, फाइनान्स ०.६२, होटल तथा पर्यटन ०.७६, हाइड्रोपावर ०.०८, लगानी ०.७९, जीवन बीमा ०.९९, उत्पादन ३.६५, माइक्रोफाइनान्स १.२०, अन्य ०.७१ र ब्यापार समूह १.७४ प्रतिशत घटे । निर्जीवन बीमा समूह भने ०.१२ प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा सर्वोत्तम सिमेन्ट, गोर्खाज फाइनान्स, शिवम् सिमेन्ट, हाथवे इन्भेस्टमेन्ट कम्पनी र रिभरफल्स पावर क्रमशः अगाडि रहे । सर्वोत्तमको २८ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भयो ।