पाँच अस्पताल अनुसन्धानको घेरामा, ठगीविरुद्ध मुद्दा दायर गर्न प्रहरीलाई आपूर्ति विभागको पत्राचार

सहयात्रा टिभी

काठमाडौं । तपाई हामी स्वास्थ्यमा समस्या आएपछि त अस्पताल पुग्ने गर्छौ । त्यो पनि भरपर्दो र विश्वासिलो अस्पताल भनेर जाने गर्छौ जुन कुनै अस्पताल हामी पुग्ने गछौं । तर त्यहि अस्पतालले तपाई हाम्रो विश्वास जित्ने होईन हामीलई ठगिरहेका छन् भन्ने आजभोली तपाई हामी सवैलाई राम्रै थाहै छ । स्वास्थ्य उपचारका लागि आउने विरामी तथा सर्वसाधारणबाट लाग्ने भन्दा अतिरिक्त रकम लिएर ठगी गरेको भन्दै थप अनुसन्धान गरी कारवाही चलाउन आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले महानगरीय प्रहरी परिसरमा हालैमात्र पत्राचार गरेको छ ।

विभागले सोमवार काठमाडौंको धापासीस्थित ग्राण्डी इन्टरनेसनल हस्पिटल, ग्वार्को्स्थित बी एण्ड बी हस्पिटल प्रालि, बाँसबारीको नेसनल इन्टिच्यूट अफ न्यूरोलोजिकल एन्ड एलिड साइन्स (न्यूरो हस्पिटल), थापाथलीको नर्भिक इन्टरनेसनल हस्पिटल र बसुन्धाराको इसान बाल हस्पिटल विरुद्ध ठगी मुद्दामा थप छानविन गरी मुद्दा दायर गर्न प्रहरी परिसर टेकुमा पत्राचार गरेको हो ।

बजार अनुगमनका क्रममा विरामीबाट अतिरिक्त शूल्क लिएको पाइएपछि ती अस्पतालहरूविरुद्ध थप अनुसन्धान गरी मुद्दा दायर लगायतका कारवाही प्रक्रिया चलाउन प्रहरीलाई पत्राचार गरेको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताएका छन् ।

बजार अनुगमनका क्रममा ग्रान्डी हस्पिटलले ‘डाक्टर एण्ड नर्सिङ केय’ र ‘नर्सिङ केयर’ चार्जको नाममा अतिरिक्त शीर्षक थपेर विरामीबाट थप शुल्क लिएर ठगिरहेको भेटिएको पाईएको विभागले जनाएको छ ।

प्रकाशित : 1 January, 2018

प्रतिक्रिया दिनुहोस्