जाजरकोटमा भेटियो “सिजनल फ्लु”
जाजरकोट । पुस ३०–जुनीचाँदीमा केही सातादेखि प्रकोपका रुपमा फैलिएको भाइरल इन्फ्लुजा टाइप ए एचथ्रिएनटु तसर्थ सिजनल फ्लु भेटिएको छ ।
विरामीको नमुना रगत परिक्षणबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले रोग पत्ता लगाएको हो। बिरामी पाँचमध्ये एक जनामा भाइरल इन्फ्लुएन्जा टाइप ए एचथ्रिएनटु भाइरस फेला परेको जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले बताए।
अन्य चार जनामा भने कुनै प्रकारको लक्षण नदेखिएको र एक जनामा देखिएको पनि सामान्य खालको सिजनल फ्लुको लक्षण भएको
नेपालीले बताए । उनले भने, ‘उयो जाडो समयमा लाग्ने सामान्य रुघाखोकी हो। एचवानएनवान भनेको स्वाइनफ्लु हो, त्योभन्दा यो अलि कमजोर खालको हो। यसबाट धेरै आत्तिनु पर्दैन।
हालसम्म रुघाखोकी र ज्वरोका एक हजार सात सय ५५ बिरामीको उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। भाँइरल प्रभावित क्षेत्रमा चार चिकित्सकसहित १७ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।
परीक्षणका आधारमा केही बिरामीमा सिजनल फ्लु भएको पाइएपछि पूर्वमन्त्री शक्ति बस्नेतको बिशेषपहलमा स्वास्थ्यसचिव डा. पुष्पा चौधरी नेतृत्वको टोली स्थलगत निरीक्षणका लागि शनिबार औषधिसहित प्रभावित क्षेत्र पुगेको थियो ।