सप्तरीमा १७ क्विन्टल गाँजासहित एक जना पक्राउ

सहयात्रा टिभी

काठमाडौं । मंसिर ४ , सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ४ बाट प्रहरीले १७ क्विन्टल १७ किलो गाँजा बरामद गरेको छ ।

बालुवा र गिट्टीले छोपर टिपरमा भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले गाँजा बरामद गरेको हो ।

प्रहरीले गाँजासहित एक जना तस्करलाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

पछिल्लो समय सप्तरीको विभिन्न सीमावर्ती नाकाहरूमा गाँजा तस्करी फस्टाएको स्थानीयवासीले बताएका छन् ।

प्रकाशित : 19 November, 2024

प्रतिक्रिया दिनुहोस्