रामेछाप दुर्घटनामा वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु
सहयात्रा टिभी
काठमाडौं । मंसिर १४, रामेछापमा भएको सुमो दुर्घटनामा गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको छ ।
शुक्रबार काठमाडौंबाट रामेछापको बेतालीतर्फ जाँदै गरेको ७१२३ नम्बरको सुमो गोकुलगंगाको फर्पु जिरोकिलोबाट नमाडीतर्फ जाने बाटोमा सिमखोला भन्ने स्थानमा दुर्घटना भएको हो । सुमो झण्डै पाँच सय मिटर तर खसेको स्थानीयले बताएका छन् ।
दुर्घटनामा परेर वडाध्यक्ष बस्नेतसहित अन्य पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाडीमा ८ जना सवार थिए ।
अन्य तीन जनाको उद्धार गरेर अस्पतालतर्फ पठाइएको छ । अहिले प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ ।