लमजुङका किसानले अलैँची बिक्री गरेर २२ करोड आम्दानी
सहयात्रा टिभी
काठमाडौं । माघ ७, लमजुङका किसानले यो वर्ष अलैँची बिक्री गरेर २२ करोड रुपैयाँ आम्दानी गरेका छन् ।
यस वर्ष जिल्लामा प्रतिकिलो एक हजार पाँच सयदेखि दुई हजार चार सय रुपैयाँसम्ममा अलैँची बिक्री भएको छ ।
त्यसैगरी गएको आर्थिक वर्ष २०८०/८१ मा किसानले दुई सय ५१ मेट्रिक टन अलैँची बिक्री गरी २४ करोड रुपैयाँ आम्दानी गरेका थिए ।
मिजारका अनुसार गएको वर्ष किसानले प्रतिकिलो एक हजार दुई सय रुपैयाँका दरले अलैँची बिक्री गरेका थिए । गएको वर्षको तुलनामा यस वर्ष उत्पादन घटेको हो ।
सबैभन्दा धेरै मर्स्याङ्दी गाउँपालिकाका किसानले अलैँची उत्पादन गर्ने गरेका छन् ।
भारतको एकाधिकारका कारण किसानको मागअनुसार अलैँचीको मूल्य नपाएको गुनासो भए पनि यस वर्ष केही राहत महसूस गरेको किसानहरूको भनाइ छ ।