झोलुङ्गे पुल निर्माण क्रममा भेरी नदीमा खसेर दुई जना बेपत्ता
सहयात्रा टिभी
काठमाडौं । माघ २३, भेरी नदीमा झोलुङ्गे पुल निर्माणमा खटिएका दुई जना बेपत्ता भएका छन् । पुल निर्माणमा खटिएका उनीहरू दिउँसो साढे १ बजेतिर नदीमा खसेका हुन् ।
बेपत्ता हुनेहरूमा पूर्वी रुकुमको सिस्ने गाउँपालिका–२, का २४ वर्षीय अनिल घर्ती र सोही ठाउँका १८ वर्षीय अर्जुन घर्ती मगर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी नारायण डाँगीका अनुसार झोलुङ्गे पुलको लठ्ठा तान्ने क्रममा खसेर उनीहरू बेपत्ता भएका हुन् ।
अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी कार्य सुरु गरेको प्रहरीले जनाएको छ ।