अदुवाको फाइदा
अदुवा हाम्रो किचनमा पाइन्छ । विशेषगरी मसलाको रुपमा माशुमा प्रयोग गरिन्छ । यसमा खानालाई स्वादिलो बनाउनुका साथै अदुवामा एन्टीफंगल, एन्टीब्याक्टोरियल र एन्टीभाइरल गुण भएको हुन्छ । यसकारण अदुवालाई विभिन्न तरीकाले प्रयोग गर्न सकिन्छ । नियमित अदुवा सेवानबाट निम्न लाभ लिन सकिन्छ
-अदुवाको रस पिउँदा रगत सफा हुने र छालामा चमक ल्याउँछ ।
-अदुवा सेवनले पाचन क्रिया सक्रिय रहने र खाना सजिलै पच्ने हुन्छ ।
-पिम्पल्स र इन्फेक्सनबाट अनुहारलाई जोगाउँछ ।
– अदुवा पानीको नियमित सेवनले रगमा चिनीको मात्रा नियन्त्रण गर्छ साथै अदुवा सेवनले साधारण मानिसलाई मधुमेह हुनबाट पनि जोखाउँछ ।
– यसमा पाइने फस्फोरसले दाँतलाई बलियो बनाउँछ र गिजा सम्बन्धी समस्याबाट टाढा राख्छ ।मोटोपन कम हुन्छ । अदुवालाई नियमित सेवन गर्नाले शरीरको अतिरिक्त बोसो नष्ट हुन्छ ।
-अदुवामा क्यान्सरसँग लड्ने तत्व हुन्छ । जसको कारण पनि फोक्सो कलेजो, छाती, छाला र आमाशयको क्यान्सरबाट बच्न सकिन्छ ।