रायो सागको फाईदा

सहयात्रा टिभी

रायको साग गाउँघरमा सजिलै पाईने साग हो । शहरबजारमा पनि यो सजिलै किन्न पाईन्छ । रायोको सागमा रोगसँग लड्न सक्ने क्षमता हुन्छ । तर्सथ यसको प्रयोग धेरैभएको पाईन्छ । यसमा भिटामिन–ए प्रशस्त पाइने भएकाले यसले रतन्धोलगायत रोगबाट केटाकेटीलाई बचाउँछ ।

रायो सागको फाईदा:
– रुघा लागेमा रायोको दाना पिसेर यसलाई महमा मिसाई सुँघ्नाले सञ्चो हुन्छ ।
रायोको गेडाको चूर्णलाई तातोपानीमा हालेर घोली कुल्ला गर्नाले दाँतको दुखाइ कम हन्छ ।
– बच्चाको ओछ्यानमा पिसाब फेर्ने बानी छ भने उसलाई रायोको चूर्णलाई चिसोपानीमा मिसाएर पिलाउने गर्नुपर्छ ।
–पाचनशक्ति कमजोर छ भने रायोको दाना पिसेर यसलाई तरकारीमा हालेर हप्तादिनजति खानाले पाचनशक्ति बलियो बन्दै जान्छ । यसो गर्नाले भोक नलाग्ने समस्या पनि हटेर जान्छ ।

प्रकाशित : 22 January, 2018

प्रतिक्रिया दिनुहोस्