आवासीय चिकित्सकले पाए सरकारले तोके अनुसारको निर्वाह भत्ता

काठमाडौं । चैत २७, काठमाडौं विश्वविद्यालय (केयू) अन्तर्गतको धुलिखेल अस्पतालले आवासीय चिकित्सकलाई सरकारले तोके अनुसारको निर्वाह भत्ता दिएको छ ।
केयूको स्कूल अफ मेडिकल साइन्सेजको डिन प्राडा मनोज हुमागाईंका अनुसार आवासीय चिकित्सकलाई मासिक ४८ हजार ७३४ रुपँया दिइएको हो ।
धुलिखेल अस्पतालमा स्नातकोत्तर तह (पीजी) अन्तर्गतको १२० आवासीय चिकित्सक अध्ययनरत छन् ।
चिकित्सा शिक्षा आयोगको २५ माघमा बसेको १६औं बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी मेडिकल अधिकृतसरह निर्वाह भत्ता दिने निर्णय गरेको थियो ।
सोही अनुसारले आयोगले निर्णय लागु गर्न सम्बन्धित विश्वविद्यालय र मेडिकल कलेजहरूमा पत्र पठाएको थियो ।