आवासीय चिकित्सकका आन्दोलन जारी

सहयात्रा टिभी

काठमाडौं । बैशाख २१, आन्दोलनरत आवासीय चिकित्सक र सरकारबीच भएको भनिएको सहमति अस्वीकार गर्दै ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’ले आन्दोलन जारी राखेको छ ।

शनिबार काठमाडौंमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघ र केही आवासीय चिकित्सकबीच छलफलपछि चार बुँदे सहमति भएको थियो ।

यससँगै आवासीय चिकित्सकहरूको आन्दोलन फिर्ता गरिएको भनिएको थियो ।

तर स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका प्रवक्ता डा. सञ्जय बरालले विज्ञप्ति जारी गरी ‘पटक-पटक निर्देशन दिने बाहेक कार्यान्वयनको कुनै ठोस कदम नचालिएको’ भन्दै आन्दोलन जारी नै राख्न बाध्य भएको बताएका हुन् ।

चिकित्सा शिक्षा आयोगको १६औं पूर्ण बैठकलले निर्णय गरे अनुसार सरकारी सरह आठौं तहको सरहको पारिश्रमिक तीन महिनादेखि नपाएका छैनन् ।

स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्षका संयोजक डा। शेषराज घिमिरेले आन्दोलन जारी नै रहेको बताए ।

शनिबार भएको स्वास्थ्य मन्त्रालय र नेपाल चिकित्सक संघ पदाधिकारी बीचको सहमति स्वीकार गर्न नसकिने आवासीय चिकित्सक बताउँछन् ।

निर्णय नमान्ने निजी मेडिकल कलेजलाई एमबीबीएस, बीडीएस, एमडी, एमएस, एमडीएस, डीएम, एमसीएच कार्यक्रमको सम्बन्धन खारेज, बीमालगायत सरकारी अनुदानका सम्पूर्ण कार्यक्रम रद्द गर्ने लगायतका कारबाही गर्नुपर्ने स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिको माग छ ।

प्रकाशित : 4 May, 2025

प्रतिक्रिया दिनुहोस्