धनुषामा प्रहरी र तस्करबीच भिडन्तको क्रममा ६ जना सशस्त्र घाइते

काठमाडौं । असार २०, धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त भएको छ । भिडन्तको क्रममा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् । घाइते सशस्त्र प्रहरीहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।
स्थिति नियन्त्रणमा लिने क्रममा चार राउड हवाई फायर र १३ सेल अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ ।
धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीस्थित नेपाल–भारत सीमा नजिक भिडन्त भएको हो । सशस्त्र प्रहरी पुगेलगत्तै तस्करहरुको समूहले घरेलु हतियार, भाटा र ढुंगामुढासहित प्रहरीमाथि आक्रमण गरेका थिए ।
सो क्रममा जवाफी कारबाही गर्ने क्रममा सशस्त्र प्रहरीले १३ राउण्ड अश्रुग्यास र चार राउण्ड हवाई फायर गर्नुपरेको एसपी खड्काले बताए ।