सुनसरीको इनरुवामा दम्पत्ति घरभित्रै मृत भेटिए

सहयात्रा टिभी

काठमाडौं । असार २९, सुनसरीको इनरुवामा दम्पत्ति घरभित्रै मृत फेला परेका छन् ।

आइतबार बिहान इनरुवा नगरपालिका–९ बबियाका ३५ वर्षीय सुकदेव शर्मा र उनकी पत्नी अन्दाजी २३ वर्षीया सवेता खातुन घरभित्रै मृत फेला परेका हुन् ।

सुनसरी प्रहरी प्रमुख सुमनकुमार तिम्सिनाका अनुसार फुसको घरको धुरीमा सारीको पासो लगाएर झुन्डिएको अवस्थामा सुकदेवको शव फेला परेको छ ।

सवेताको शव भने ओछ्यानमा फेला परेको छ । उनका अनुसार सुकदेवको शरीर अर्ध नग्न अवस्थामा छ । उनकी श्रीमतीको शव भने बेडमा सुतिरहेको अवस्थामा छ । घटना शंकास्पद भएकाले अनुसन्धान गरिरहेको उनले बताए ।

आइतबार बिहान करिब ९बजे स्थानीयले घरभित्र दम्पतीलाई मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

 

प्रकाशित : 13 July, 2025

प्रतिक्रिया दिनुहोस्