एमाले माओवादी संयुक्त कार्यदलको बैठक बस्दै, ७ प्रदेशको मुख्यमन्त्रीको टुंगो लगाइने
काठमाण्डौ । माघ –१४, राष्ट्रिय सभा निर्वाचन र प्रदेश सरकार निर्माणको गृहकार्य गर्ने जिम्मा पाएको एमाले माओवादीको संयुक्त कार्यदलले प्रदेश सरकार गठनको अन्तिम टुंगो लगाउने भएको छ । प्रदेश सरकार गठनमा मुख्यमन्त्री बाँडफाँट गरेर कार्यदललले आइतबार प्रदेश सरकार गठनको अन्तिम टुंगो लगाउनेभएको हो ।
आइतबार सिंहदरबारस्थित एमाले पार्टी कार्यालयमा बस्ने बैठकले ७ प्रदेशको मुख्यमन्त्रीको टुंगो लगाउने छ । कार्यदलको यसअघिको बैठकले प्रदेश सरकार निर्माणको मापदण्ड तय गरेको थियो । प्रदेशमा दलगत स्थिति, एकताको स्पिरिट, योग्यता र सन्तुलनलाई केन्द्रमा राखेर कार्यदलले प्रदेश मुख्यमन्त्रीको भागबन्डा गर्नेछ । त्यसका साथै प्रदेशको सभामुख, उपसभामुख तथा मन्त्रीहरु लगायत अन्य विषयमा समेत सहमति जुटाउनेछ । हालसम्म प्रदेश १ र ३ मा एमालेले एकल सरकार बनाउन सक्ने बहुमत छ भने प्रदेश ५ मा एमाले स्थायी कमिटि सदस्य शंकर पोखरेललाई मुख्यमन्त्री बनाउन माओवादी समेत सहमत भएको छ ।