बल्खुमा अलपत्र बालिकाको उद्धार
सहयात्रा टिभी
काठमाडौं । साउन ११, काठमाडौंको बल्खुबाट एक अलपत्र बालिकाको उद्धार गरिएको छ ।

काठमाडौं महानगरपालिका–१४ स्थित बल्खुबाट अलपत्र अवस्थामा भेटिएकी सुस्मिता थिङ नाम गरेकी बालिकाको उद्धार भएको हो ।
ड्युटीमा खटिएका नगर प्रहरीको टोलीले ती बालिकालाई अलपत्र अवस्थामा भेटेको थियो ।
उनलाई अहिले बुवा सुरेश थिङको जिम्मा लगाइएको मेयर बालेन्द्र शाह (बालेन) को सचिवालयले जानकारी दिएको छ ।


