=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


वाम कार्यदलको बैठक सुरु, मुख्यमन्त्री टुंगो लगाउने

सहयात्रा टिभी

काठमाण्डौँ । माघ -१४, एमाले संसदीय दलको कार्यलय सिंहदरबारमा प्रादेशिक सरकारको भागबण्डाबारे निर्णय गर्न वाम गठबन्धनको कार्यदल बैठक सुरु भएको छ। आजको बैठकले प्रदेश नंं २ बाहेकको प्रदेशमा मुख्यमन्त्रीको छनोट गर्ने तयारी गरेको छ। प्रदेश नम्बर ५ मा एमाले सचिव शंकर पोखरेललाई मुख्यमन्त्री बनाउने समझदारी यसअघि नै भइसकेको अवस्थामा प्रदेश नम्बर १ र ३ नम्बरमा बहुमत प्राप्त गरेको एमालेले माओवादी केन्द्रसँग मिलेर सरकार गठन गर्नेछ।

 

प्रदेश ४ को नेतृत्व एमालेलाई तथा प्रदेश ६ र ७ को प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रलाई दिने समझदारी शीर्ष नेताबीच भएको छ। बैठकमा एमालेका सुवास नेम्वाङ, शंकर पोखरेल, सुरेन्द्र पाण्डे तथा माओवादीका रामबहादुर थापा बादल र मात्रिका यादव सहभागि छन् ।

प्रकाशित : 28 January, 2018

प्रतिक्रिया दिनुहोस्