सरकारसँग ५ बुँदे माग राख्दै माइतीघरमा पिछडावर्गको प्रदर्शन

काठमाडौं । साउन १९, नेपाल पिछडा वर्ग महासंघले सरकारसँग ५ बुँदे माग राख्दै आन्दोलन गरेको आज १५५औ दिन पुगेको छ ।
उनीहरूले माइतीघरमा नकाब लगाएर प्रदर्शनमा उत्रिएका हुन् । महासंघसँग सरकारले पटक-पटक गरेको सम्झौता कार्यान्वयन नभएको भन्दै आन्दोलनमा उत्रिनु परेको पिछडावर्ग आन्दोलन समितिले जनाएको छ ।
यस्तै राष्ट्रिय समावेशी आयोगले पिछडा वर्गको थर सूचीकरण सम्बन्धी मन्त्रालयमा बुझाएको प्रतिवेदन मन्त्रिपरिषदबाट पासगरी यथाशीघ्र नियुक्त गर्न माग गरेका छन् ।
यसका साथै पटक-पटक नेपाल पिछडा वर्ग, दलित संघ तथा बादी संघ समुदायबीचमा भएका सम्झौताहरू लागु गर्नुपर्ने उनीहरूको माग छ ।