आज प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

काठमाडौं । साउन २८, प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् ।
आज दिउँसो १ बजे बस्दै बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भउको एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
बर्तौलाका अनुसार विदेश भ्रमणलगायतका समसामयिक विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओली केही दिनअघि तुर्केमेनिस्तान भ्रमण सकेर फर्केका थिए ।