आज उच्च अदालतका २७ न्यायाधीशहरुले गरे शपथग्रहण

सहयात्रा टिभी

काठमाडौं । साउन २८, उच्च अदालतका २७ नवनियुक्त न्यायाधीशहरुले आज पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको उपस्थितिमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले नवनियुक्त न्यायाधीशहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

यही साउन २२ गतेको न्याय परिषद् बैठकले उच्च अदालतका लागि २७ न्यायाधीश नियुक्त गरी पदस्थापन गरेको थियो ।

 

 

 

 

प्रकाशित : 13 August, 2025

प्रतिक्रिया दिनुहोस्