गाडी उपलब्ध नगराएको भन्दै उपमेयरले च्यतिन् माइन्युट
सहयात्रा टिभी
जनकपुर । माघ-१५, धनुषाको गणेशमान चारनाथ प्रस्तावमा नगरपालिकाकी उपमेयर मीनाकुमारी यादवले गाडी उपलब्ध नगराएको भन्दै नगर कार्यपालिका बैठकको माइन्युट च्यातेकी छन् । नगरपालीकामा भएको एउटा गाडी मेयर रामबाबु यादबले प्रयोग गरिरहेकाले आफूलाई पनी गाडी चाहिने माग गर्दै आएकी उपमेयर यादबले आफ्नो माग सम्बोधन नहुने देखिएपछि नगरकार्यपालीकाको माइन्युट च्यातेकी हुन् । त्यसपछि पछि नगरकार्यपालिका बैठक स्तगित भएको छ ।
उनले धनुषाका अन्य स्थनिय तहहरुमा गाडी उपलब्ध गराएको भन्दै माइन्युट च्यातेका स्वीकारिन् । उनले आफूले १० बुँदै प्रस्ताब मध्ये कुनै पनि संबोधन नभएको भन्दै गाडी नभए गाउँगाउँ स्कुटर लिएर जान सँधै संम्भव नहुने बताइन ।