मनसुन केही कमजोर बने पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना

सहयात्रा टिभी

काठमाडौं । भदौ १, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालको मनसुन केही कमजोर बनेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपी, महाशाखाका अनुसार बंगालको खाडी जलवाष्पयुक्त हावा भित्रने क्रम भने जारी छ । जसका कारण आज देशभर मौसममा साधारण बदली रहने महाशाखाले जनाएको छ ।

बागमती र कोशी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भने आइतबार दिउँसो भारी वर्षाको सम्भावना छ । बागमती, मधेश, कोशी र बाँकी प्रदेशका तराई तथा पहाडी भूभागका केही स्थानमा भने बाँकी तराईका केही क्षेत्रमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

आइतबार राति कोशी, मधेश र सुदूरपश्चिम प्रदेशसहित बाँकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने अन्य भू–भागमा आंशिक बदली रहनेछ ।

मधेश प्रदेशसहित कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई तथा पहाडी भू–भाग र बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मध्यम वर्षा र कोशी प्रदेशका तराई तथा पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित : 17 August, 2025

प्रतिक्रिया दिनुहोस्