व्यक्तिगत भ्रमणमा उपसभामुख राना अमेरिकामा

सहयात्रा टिभी

काठमाडौं । भदौ ३, उपसभामुख इन्दिरा राना अमेरिका भ्रमणमा छिन् । उनको सचिवालयका अनुसार उनी गत साउन ३० गते अमेरिका गएकी हुन् । यही भदौ १३ गते स्वदेश फर्किने कार्यक्रम छ ।

उपसभामुख राना व्यक्तिगत भ्रमणमा गएको सचिवालयले जनाएको छ । राना अमेरिका रहेकै बेला नेपालमा उनलाई पदबाट हटाउने तयारी भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेले रानालाई पदबाट हटाउनको लागि हस्ताक्षर संकलन सुरु गरेका छन् ।

 

 

प्रकाशित : 19 August, 2025

प्रतिक्रिया दिनुहोस्