=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


काँङ्ग्रेसका राधेश्याम अधिकारीलाई समर्थन गर्नुको औचित्य विवेकशीलका प्रवक्ताद्वारा प्रष्टीकरण

सहयात्रा टिभी

काठमाडौं, माघ १७, –राष्ट्रियसभा चुनावमा नेपाली काँङ्ग्रेसलाई समर्थन गर्न निर्णयले आन्तरिक असन्तुस्टी र चौतर्फी आलोचनाले विवेकशील साझा पार्टी भर्खरै १२ माघमा निकालेको विज्ञप्तीले साम्य बनिसकेको छैन । भ्रष्टाभारीलाई किरा परोस भनेर आलोचना गर्ने विवेकशील पार्टी आफैले भ्रष्टाचारीले पनि चुनाव लड्न पाउनुपर्छ भनेर वकालत गर्दै आएका कांग्रेस नेता राधेश्याम अधिकारीलाई जिताउन अघिसरेपछि अलोचनाको सिकार भएको थियो । उक्त आलोचनाबाट बच्न पार्टी प्रवक्ता सूर्यराज आचार्यले फेसबुक पेजबाट पार्टीको निर्णय बचाउ गर्दै राधेश्याम अधिकारीलाई समर्थन गर्नुको औचित्यलाई पुष्टि गर्न खोजेका छन् ।

उनले उक्त निर्णयमा आफुपनि सहभागि रहेको र सुसँस्कृत राजनीतिमा हाम्रो भन्दा राम्रोलाई समर्थन गर्ने भन्दै राधेश्याम अधिकारीको व्यक्तिगत चरित्र र नियतका बारेमा टिप्पणी गर्दा उहाँको राजनीतिक जीवन, व्यक्तिगत जीवनशैली, उनले सांसदको रुपमा उनको भुमिका र उनको वौद्धिक क्षमता इत्यादीको बारेमा प्रयाप्त सुचना संकलन गरी धारणा बनाउन आवस्यक रहेको बताउनु भएको छ ।

प्रकाशित : 31 January, 2018

प्रतिक्रिया दिनुहोस्