प्रदेश नं ५ लाई सबैभन्दा समृद्द बनाउने: शंकर पोखरेल
सहयात्रा टिभी
काठमाण्डौ । माघ -२१, प्रदेश नं. ५ को मुख्यमन्त्रीका एक्ला दाबेदार तथा एमाले नेता शंकर पोखरेलले आफ्नो प्रदेशलाई देशकै संमृद्द प्रदेश बनाउन सकिने बताएका छन् । उनले पर्यटकीय क्षेत्रलाई थप ब्यवस्थित गरेर पर्यटकीय हिसाबबाटै पनि संमृद्दीको बाटोमा हिँड्न सक्ने बताएका छन् । प्रदेश नं ५ को पहिलो संसद बैठक बैठकमा बोल्दै उनले ‘पाँच नम्बरबाट गरिबी, बेरोजगारी हटाएर प्रदेशलाई समृद्धि बनाउनतर्फ आफुहरु एकसाथ लाग्नुपर्छ’, भन्दै उनले अहिलेको सन्दर्भमा एक भएर विकाश र संमृद्दिलाई सँगसँगै डोहर्याउनु पर्ने पनि पनि बताएका छन ।
उक्त बैठकमा कांग्रेसका वीरबहादुर राना, माओवादीका कुलप्रसाद शर्मा, संघीय समाजवादी फोरमा सहश्राम यादव र जनमोर्चा तारा केसीले आफ्नो मन्तब्य राखेका थिए ।