राष्ट्रिय सभाको बैठक जेठ २६ गते सम्मलाई स्थगित

सहयात्रा टिभी

काठमाडौं । जेठ २० , राष्ट्रिय सभाको बैठक जेठ २६ गते सम्मलाई स्थगित भएको छ ।

बुधबार बसेको बैठक विपक्षी दलहरुको अवरोधपछि कार्यसूचिमा नै प्रवेश नगरी स्थगित भएको हो । अर्को बैठक जेठ २६ गते मंगलबार अपराह्न १ बजेर १५ मिनेटमा बस्नेगरी स्थगित भएको हो ।

प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभामा नेपालले भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि संसदका दुबै सदन प्रभावित हुँदै आएका छन् ।

विपक्षी दलहरुले प्रधानमन्त्री शाहले माफी नमागेसम्म संसद चल्न नदिने निर्णय गरेका छन् । प्रतिनिधिसभा बैठक पनि निरन्तर अवरोध हुँदै आएको छ ।

 

प्रकाशित : 3 June, 2026

प्रतिक्रिया दिनुहोस्