कांग्रेसले बोलायो विपक्षी दलको बैठक
सहयात्रा टिभी
काठमाडौँ । जेठ २६, संसद् बैठक स्थगित भएपछि नेपाली कांग्रेसले विपक्षी दलको बैठक बोलाएको छ । बैठक सिंहदरबारस्थित कांग्रेसको संसदीय दलको कार्यालयमा बस्ने भनिएको छ ।

बैठकमा प्रतिनिधिसभामा प्रतिपक्षमा रहेका दलका प्रमुख सचेतक र सचेतकलाई बोलाइएको कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले जनाएका छन् ।
आजै विपक्षी दलको अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित गरेका थिए ।
