संसद्मा परराष्ट्रमन्त्रीले बोलिसके लगत्तै विपक्षी दलहरूले फेरि गरे अवरोध
सहयात्रा टिभी
२७ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले फेरि बैठक अवरोध गरेका छन् ।

आजको बैठकमा प्रधानमन्त्रीले भारतसँगको सीमा विवादबारे दिएको अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर अवरोध गरेका हुन् ।
सभामुख डीपी अर्यालले अहिले विपक्षी दलको तर्फबाट प्रमुख प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रोष्ट्रम प्रयोग गरेर भनाइ राखिराखेका छन् । उनले बोलिरहँदा भने विपक्षी दलका सांसदहरू बसेका छन् ।
