भारत भ्रमणको क्रममा रविले सिमानाको विषयमा छलफल नगरेको भन्दै भीष्मराजको आपत्ति

सहयात्रा टिभी

काठमाडौँ । जेठ२७, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रास्वपाका सभापति रवि लामिछानेले भारत भ्रमणको क्रममा सिमानाको विषयमा छलफल नगरेको भन्दै आपत्ति जनाएका छन् ।

उनले लामिछानेले सिमानाको विषय ढोल बजाएर छलफल गर्ने विषय नभएको भनेर दिएको अभिव्यक्तिप्रति पनि आपत्ति जनाए ।

‘दिल्लीमा हुँदा सिमानाको स र कालापानीको क उच्चारण नगरी किन फर्किनु भयो,’ उनले भने,’ हामीलाई पनि थाहा छ ढोल बजाएर हुँदैन । यसका केही मापदण्ड छन् ।’

 

प्रकाशित : 10 June, 2026

प्रतिक्रिया दिनुहोस्