समय नै नमागेका हर्कले बोल्न नदिएको भन्दै जनाए आपत्ति

सहयात्रा टिभी

काठमाडौँ । जेठ२७, प्रतिनिधिसभाको बैठकमा बोल्नका लागि समय नै नमागेका श्रम संस्कृति पार्टीका सांसदहरूले बोल्न पाउनुपर्ने भन्दै सभामुखको कार्यशैलीप्रति प्रश्न उठाएका छन् ।

रोष्ट्रम प्रयोग गरेर दलीय आधारमा बोल्न समय दिइरहेका सभामुखले श्रम संस्कृति पार्टीका सांसदलाई नबोलाई राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढ्न लागेका थिए ।

लगत्तै श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका हर्कराज राईलगायत सांसदहरूले उठेर आपत्ति जनाए ।

त्यसपछि सभामुखले भने, ‘माननीय सदस्यहरूले समय माग नगर्नु भएकोले हो। एक घण्टादेखि समय माग गर्नुहुन्छ भन्ने अपेक्षा गरेको थिएँ ।’

 

 

 

प्रकाशित : 10 June, 2026

प्रतिक्रिया दिनुहोस्