सुधन गुरुङबारेको प्रतिवेदनबारे कांग्रेसले सरकारको ध्यानाकर्षण
सहयात्रा टिभी
काठमाडौँ । जेठ २९, नेपाली कांग्रेसले सुधन गुरुङबारेको प्रतिवेदनबारे सरकारको ध्यानाकर्षण गरेको छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा पार्टीका तर्फबाट बोल्दै कांग्रेसका भरत खड्काले सुधन गुरुङबारेको प्रतिवेदनबारे सरकारको ध्यानाकर्षण गरेका हुन् ।
सुधन गुरुङको सम्पति विवरण सार्वजनिक भएपछि त्यसको स्रोत र सेयरबारे प्रश्न उठेको थियो । त्यसमाथि छानबिन गर्न सरकारले समिति नै बनाएको थियो ।
समितिले प्रतिवेदन बुझाएको एक साता भयो । तर सार्वजनिक भएको छैन । समितिको प्रतिवेदन आएपछि पुनस् सुधन गुरुङ गृहमन्त्री भएका छन् । तर, उनीमाथिको छानबिन प्रतिवेदन भने सार्वजनिक भएको छैन ।
