=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


प्याकेजमा सहमति भएपछि माओबादी सरकारमा : प्रचण्ड

सहयात्रा टिभी

काठमाण्डौँ । फागुन -४,बामगठबन्धनको एक घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नव गठित ओली नेतृत्वको सरकारमा पार्टीले मन्त्री नपठाउनुको कारण खुलासा गरेका छन्। आज भएको एकीकृत अखित नेपाल शिक्षक संगठनको पाचौं सम्मेलनमा पदीय दायित्व निर्धारण र एकीकरणका लागिप्याकेजमा सहमतिमा खोज्दा मन्त्री पठाउन केही ढिलो भएको बताए । उनले एमाले सँग छलफल भइरहेता पनि सहमति हुन नसक्दा केही ढिला भएको र प्याकेजमै सहमति गरेर अगाडि बढ्ने पनि बताए । दाहालका अनुसार प्रधान मन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख जस्ता पदमा सहमति खोज्दा ढिलो भएकाले मन्त्री पठाउन ढिला भएको हो र द्इ चार दिन भित्र हुने बाताबरण तयार हुने छ ।


नेकपा एमालेले मन्त्रीपरिषद गठनमा माओबादीबाट २ सांसदको नाम मागेतापनि माओबादीले पठाएको थिएन ।

प्रकाशित : 16 February, 2018

प्रतिक्रिया दिनुहोस्