नकुहिने प्लाष्टिक उत्पादन गर्ने कम्पनीलाई प्रतिबन्ध लगाइने : लालबाबु पण्डित

सहयात्रा टिभी

भक्तपुर । फागुन -१५, नेपाल सरकारका जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले नकुहिने प्लाष्टिक उत्पादन गर्ने कम्पनीलाई प्रतिबन्ध लगाइने बताउनुभएको छ । वहाँले आगामी वैशाख १ गतेबाट महानगर तथा उपमहानगरमा हरियो स्टिकर नहुने सवारी साधनलाई पनि प्रतिबन्ध लगाइने पनि बताउनु भएको छ ।

मंगलबार रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पण्डितले नकुहिने गरी खाद्यान्नलगायत अन्य डिब्बाबन्द सामान र नकुहिने प्लाष्टिक कम्पनीलाई उत्पादन प्रतिबन्ध लगाइने बताउनुभयो । उहाँले वातावरणको ख्याल नगरी सञ्चालनमा रहेका इँटा भट्टालाई वातावरणमैत्री बनाइने तथा गतल ढंगले सञ्चालनमा आएका भट्टालाई कार्वाही गर्ने बताउनु भएको छ ।

प्रकाशित : 27 February, 2018

प्रतिक्रिया दिनुहोस्