यस्तो जीवनशैली अपनाए क्यान्सरबाट वच्न सकिन्छ
क्यान्सर हाल विश्वमै धेरै मानिसको ज्यान लिने खतरनाक रोगका रुपमा विकशित भइरहेको छ । रोग लागेर उपचार खोज्नु भन्दा रोग लाग्न नदिनु नै उपयुक्त हो भने झैँ सही समयमा सहि हिसाबले अगाडि बढ्न सकेको राम्रो हुन्छ । स्वस्थ जीवनशैली अपनाएर पनि क्यान्सरको जोखिम कम गर्न सकिने अनुसन्धानहरूले देखाएका छन् ।
पहिरन
वैज्ञानिकहरूले लवाइ वा पहिरनबाट पनि छालाको क्यान्सरबाट बच्न सकिने बताएका छन् । नीलो र रातो कपडाले सेतो र पहेंलो कपडाको तुलनामा सूर्यको परावैजनी किरणबाट बचाउने कुरा अनुसन्धानले पनि देखाएको छ । त्यस्ता लुगा लगाउँदा छालाको क्यान्सरको खतरा घट्छ ।
चुरोट
तपाईं चुरोट पिउनुहुन्न भने आफूनजिक कुनै चुरोटे छ भने त्यसभन्दा पर बस्नुस् । अनि आफैं पनि चुरोट पिउने बानी छ भने छोड्नुस् । यसो गर्दा फोक्सो, गला, मुख, मूत्रथैली र घाँटीको क्यान्सरको खतरा घट्छ । निकोटिनमा चार हजारभन्दा बढी रसायन र ४३ किसिमका क्यान्सरजनक पदार्थ हुन्छन् ।
कफी
एक दिनमा लगभग चार कप कफी पिउँदा मुखको क्यान्सरको खतरा ३९ प्रतिशतसम्म कम हुन्छ । दिनमा दुई कपभन्दा बढी कफी पिउने महिलाहरूलाई गर्भाशयको क्यान्सरको सम्भावना हुँदैन । कम्तीमा पाँच कप कफीले मस्तिष्कको क्यान्सरलाई ४० प्रतिशत कम गर्छ ।
ड्राईक्लीनर छोड्नुस्
ड्राईक्लीनरले कलेजो, मिर्गौला र रगतको क्यान्सर जन्माउँछ । ड्राईक्लीनमा प्रयोग हुने पर्कलोरोएथिलेन अर्थात् पीईआरसी सजिलै हावा, पानी, माटो, केही मानिसको रगत अनि स्तनको दूधमा सर्छ । वातावरण संरक्षण एजेन्सीले पीईआरसीलाई क्यान्सरकारी तत्त्वका रूपमा वर्गीकृत गर्नुपर्ने सुझाव दिएको थियो ।
मासु पकाउँदा
अनुसन्धानहरूले देखाएअनुसार, मासुलाई उच्च तापक्रममा पकाउँदा त्यसमा भएको अमिनो एसिड टक्सिनमा परिवर्तन हुन्छ । बोसोलाई खुला चर्को आगोमा पकाउँदा क्यान्सरकारक तत्त्व उत्पन्न हुन्छ । खराब असरबाट बच्नका लागि मासु पकाउनुअघि त्यसमा चूक अमिलो छर्नुस् ।
एजेन्सी