=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


ओलीको कुटनीतिज्ञहरुसँग ब्रिफिङ

सहयात्रा टिभी

काठमाण्डौँ । चैत्र १३, प्रधानमन्त्री केपी शर्मा ओलीले आज कूटनीतिक समुदायसँग आफ्नो सरकारका प्राथमिकताका बारेमा ब्रिफिङ गरेका छन्। उनले नेपाल राजनीतिक रुपमा स्थायी युगमा प्रवेश गरेकाले सोही अनुरुपको व्यवहार गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका हुन ।
ओलीले ३ तहका निर्वाचन, महिलाको ४१ प्रतिशत सहभागिता बारे ब्रिफिङ गर्दै आफ्नो सरकार स्थायी र जनताको पक्षमा भएको बताएका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा भएको कार्यक्रममा ओली पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनालका साथै अर्थमन्त्री युवराज खतिवडाका साथमा उपस्थित थिए ।
युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण प्रतिवेदन प्रति असन्तुष्ट प्रधानमन्त्री ओलीले आज कुटनीतिज्ञहरुसँग संयुक्त ब्रिफिङ गरेका हुन ।

प्रकाशित : 27 March, 2018

प्रतिक्रिया दिनुहोस्