माओवादीको सबै जिम्मेवारी त्यागिसकेः सभामुख कृष्णबहादुर महरा

सहयात्रा टिभी

काठमाण्डौं । चैत्र–२८, सभामुख कृष्णबहादुर महराले अहिले माओवादी केन्द्रमा नरहेको स्पष्ट पारे ।

सभामुख सपथग्रहण लगत्तै पार्टीको सबै जिम्मेवारीबाट अलग भइसकेको महराले बताएका छन् ।

बुधबार सिंहदरबारमा संचारकर्मी संग कुरा गर्दै महराले भने, ‘सभामुख नहुदा पार्टीमा रहँदा पनि म सबैसग सन्तुलनमा रहने भएकाले राष्ट्रिय अन्तर्राष्ट्रिय समुदायसग संवाद गर्नलाई पार्टीले खटाउथ्यो । अब सभामुखको पदमा रहुन्जेल निष्पक्ष भुमिकामा हुन्छु । हिजो माओवादी पार्टीमा थिए तर अब छैन ।’

सभामुख महराले दुई वर्षभित्रमा संसदको आफ्नै भवन हुने समेत बताए ।

भवन निर्माणका प्राबिधिक काम शुरु भैसकेको सभामुखले बताए। सभामुख महराले आगामी असोज भित्र संविधान अनुसार सबै

कानूनहरु बनाइसक्नु परने भएकाले सबै मन्त्रालयले विधेक मस्यौदा गरेर पठाउन प्रधानमन्त्री सग कुरा भैसकेको जानकारी दिनुभयो।

प्रकाशित : 11 April, 2018

प्रतिक्रिया दिनुहोस्