ओली–प्रचण्डबीचको भोलि एकता समितिको बैठक बस्ने

सहयात्रा टिभी

 


काठमाण्डौ । बैशाख–३, माओवादी र एमाले बीच भएको आजको बैठकमा भोलि बिहान पार्टी एकता समितिको बैठक बोलाउने सहमति भएको छ । एकता प्रक्रियामा देखिएको असहमति हटाउन प्रधानमन्त्री अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बीच बालुवाटारमा दुई नेताको २ घण्टा लामो छलफलपछि मंगलबार बिहान पार्टी एकता समितिको बैठक बोलाउने सहमति भएको छ ।

नेताहरुबीच पार्टी एकताको छलफल भएपनि सहमति हुन नसकेको बताइएको छ ।भोलि विहान ९ नौ बजे बस्ने पार्टी एकता संयोजन समितिको बैठकमा विवादित विषयमा छलफल गर्ने दुबै नेता सहमत भएको प्रचण्डका प्रेस सल्लाहकार बिष्णु सापाकोटाले जनाएका छन ।

प्रकाशित : 16 April, 2018

प्रतिक्रिया दिनुहोस्