बैशाख ९ गते एमाले र माओवादी केन्द्रबीच एकता नहुने

सहयात्रा टिभी

काठमाण्डौँ । बैशाख–४, बैशाख ९ गते हुने भनिएको एमाले र माओवादी केन्द्रबीच एकता तत्काललाई टरेको छ । पार्टी एकता संयोजन समितिको बैठकबाट ठोस निष्कर्ष निस्कन नसकेपछि पार्टी एकता तत्काललाई नहुने भएको हो ।

समितिको आजको बैठकमा पनि जनयुद्ध र एकता अनुपात लगायतमा कुरा मिल्न नसकेका कारण यस विषयमा थप अध्ययनका लागी दुवै पार्टीका अध्यक्षलाई जिम्मेवारी दिने निर्णय भएको हो । पार्टी एकताको मिति अर्को बैठकले तय गर्ने संयोजन समितका सदस्य माओवादी नेता नारायणकाजी श्रेष्ठले बताएका छन् । हिजो प्रधानमन्त्री निवास वालुवाटारमा दुइ अध्यक्षहरु बीच पनि वान टु वान वार्ता भएको थियो ।

प्रकाशित : 17 April, 2018

प्रतिक्रिया दिनुहोस्