केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानमन्त्री केपी ओली सिरहा जादै

सहयात्रा टिभी

 


काठमाण्डौं । बैशाख – ५,प्रधानमन्त्री ओली, अभिभावक बनेर सिरहा जादैछन । ओली कुनै राजनीतिक कार्यक्रम वा उद्घाटनका लागि सिरहा जान लागेको होईन । उनी विधार्थीको लागि अभिभावक ग्रहन गर्दै विद्यार्थी भर्ना गर्न जान लागेका हुन ।

बुधवार विद्यार्थी भर्नाका लागि सिरहाको कल्याणपुर नगरपालिकास्थित रामदुलारी मावीमा जान लागेको एमाले ओली सिरहाका अध्यक्ष प्रमोद यादवले जनाएका छन । उनले कर्णाली बाट विद्यार्थी को अभिभावक ग्रहण गर्दै बालिकाको भर्ना गरिसकेका छन । अभियान सुरु गरेपनि अबको १५ दिनमा ३ लाख भन्दा धेरै बालबालिकालाई विद्यालय भर्ना गराउनु चुनौतीपूर्ण मानिएको छ ।

प्रधानमन्त्रीले सिरहामा ५ वर्षकी मनिषाकुमारी मल्लिक डोमलाई स्कुल भर्ना गर्ने उहाको निजी सचिवालयले जानकारी दिएको छ सचिवालयका अनुसार देशभरमै कम साक्षरता रहेको डोम समुदायका बालबालिकालाई पढ्न पठाउने अभियान अनुसार प्रधानमन्त्री आफैं स्कुल पुगेर बालिकालाई भर्ना गर्न लागेका हुन ।

प्रकाशित : 18 April, 2018

प्रतिक्रिया दिनुहोस्