भारतका प्रधानन्यायाधीश दीपक मिश्रा विरुद्ध माहाअवियोग

सहयात्रा टिभी

वैशाख–७, भारतीय कंग्रेसको अगुवाइमा प्रधानन्यायाधीस दीपक मिश्रा विरुद्ध राज्यसभामा महाअभियोग प्रस्ताव दर्ता भएको छ । आज राज्यसभा बैठकमा सात पार्टीको छलफलबाट निष्कर्ष निकाली ७१ जना सांसदको हस्ताक्षर सहित राज्यसभाका सभापति वेंकैया नायडूसमक्ष प्रधानन्यायाधीश मिश्रा विरुद्ध महाअवियोग दर्ता गरिएको हो ।

सोहराबुद्दिन इन्काउन्टर मुद्दामा सुनुवाई गरेका न्यायाधीश लोयाको हत्याअनुसन्धान गर्न माग गर्दै दायर भएको निवेदनमा प्रधानन्यायाधीश मिश्रले पुनः अनुसन्धान गर्न नपर्ने आदेश जारी गरेपछि उनी विरुद्ध कगे्रस लगायतका दलहरुले महाअवियोगको तयारी गरेका हुन् ।

न्यायाधीसको हत्या सम्बन्धि निवेदन खारेज गरेपछि महान्यायाधीस मिश्राको कार्यक्षमता माथि प्रश्न उठेको प्रस्ताव दर्ता गराउने संसदहरुको दाबी छ ।

प्रस्तावमा उल्लेख गरिएको छ ‘पछिल्लो समय सर्वोच्च अदालतका ४ न्यायाधीशले प्रधानन्यायाधीश विरुद्ध जुन पत्र लेखेका थिए, यसबाट के बुझ्न सकिन्छ भने न्यायपालिकाको स्वतन्त्रतामाथि खतरा उब्जिएको छ।

प्रकाशित : 20 April, 2018

प्रतिक्रिया दिनुहोस्