नेविसंघको महाधिवेशन श्रावण २३ बाट सुरु हुने निश्चित

काठमाण्डौं । बैशाख–११, नेपाल विद्यार्थि संघको १२औँ महाधिवेशन आउँदो श्रावण २३ बाट सुरु हुने भएको छ ।

गत असोज ३१ गते आयोजित रणनीतिक प्रशिक्षण राष्ट्रिय भेलाको बन्द सत्रले अधिवेशन सम्बन्धि मिति तय गरिसकेको हुनाले राजधानीमा आगामी श्रावण २३ गते देखि २७ गते सम्म नेविसंघको महाधिवेसन गर्न लागेको नेविसंघ कार्यालयका मुख्य सचिव डिल्लीराज हमालले परिपत्र जारी गरि जानकारी दिएका हुन् ।

साथै उक्त परिपत्रमा वैशाख २५ सम्ममा अधिवेशनका सम्पूर्ण तयारीका लागी क्याम्पस र जिल्लामा अधिवेशन सम्पन्न गराउन निर्देशन समेत दिइएको छ ।

परिपत्रमा कुन्दनराज काफ्ले समुहले अधिवेशनको विरोधी गतिविधि गरेको आरोप लगाइएको छ, साथै त्यस्ता विरोधी गतिविधिमा नलागी इमान्दारीपूर्वक अधिवेशन सम्पन्न गराउन अनुरोध समेत गरिएको छ

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *