लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरि मनाईदै

सहयात्रा टिभी

काठमाण्डौँ । बैशाख–११, आज देशभर विभिन्न कार्यक्रम गरि १३ लोकतन्त्र दिवस मनाईदैछ । यो परिवर्तनको प्रवेशद्वार भएकाले वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रुपमा मनाउने गरिएको हो। चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलको मार्गचित्रमा सहमत भए । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरेका थिए ।

त्यसैले यस दिनलाई लोकतन्त्र दिवस मानिएको हो । विसं २०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले विसं २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि संविधान बमोजिम तीनै तहको निर्वाचन सम्पन्न भएको थियो।

त्यसकारण संघीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका थिए । यसरी नै परिवर्तन भएको कारण देशमा लोकतन्त्र दिवसको रुपमा मानिएको थियो ।

प्रकाशित : 24 April, 2018

प्रतिक्रिया दिनुहोस्