विराटनगरमा अध्यागमन कार्यालय स्थापना गर्न सांसदहरुको माग

सहयात्रा टिभी

विराटनगर । बैशाख–१३, प्रदेश न.१ मा बुधबार बसेको प्रदेशसभाको बैठकमा सदस्यहरुले विराटनगरमा अध्यागमन कार्यालय स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । उक्त बैठकमा अध्यागमन कार्यालयका साथै नदी कटान नियन्त्रण, पर्यटकीय क्षेत्रको घोषणा, आदिवासी जनजातिको मुख्य पर्वमा सार्वजनिक बिदा दिनुपर्ने कुराहरुमा समेत प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ ।

उनीहरुले इलाम र झापाका ७ वटा चिया बगानलाई राष्ट्रियकरण गर्नुपर्ने तथा हालै प्रदेशमा भएका बम विष्फोटन तथा अपराधिक क्रियाकलापको विश्लेषण गरी अपराधीलाई कारबाही गर्न माग गरेका छन्।

बैठकमा मोङमा भएका विभिन्न खोलाहरुमा तटबन्धन गर्नु पर्नेमा समेत सांसदहरुको जोड रहेको थियो । सांसदहरुले पाँचथरको सिलौटे र लबेकुटी डाँडालाई पर्यटकीय क्षेत्र घोषणा गर्नु पर्नेमा समेत सरकारको ध्यानाकर्षण गर्न  खोजेका छन् ।

आदीबासी समुदायले मनाउने विभिन्न चाडपर्वहरुमा सार्वजनिक विदा दिनुपर्ने सांसदहरुको माग छ ।

यसका साथै बाटो निर्माणको नाममा सुकुम्बासिहरुको घर नभत्काउन, युवा तथा दलितहरुको लागी रोजगारिको व्यवस्था गर्न, जथाभावि भइरहेको वनफडानी रोक्न सांसदहरुले प्रदेशसभा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रकाशित : 26 April, 2018

प्रतिक्रिया दिनुहोस्