बुटवलमा प्रदेश स्तरिय सुरक्षा गोष्ठी सुरु

सहयात्रा टिभी

बुटवल । बैशाख–१४,बुटवलमा प्रदेश स्तरिय सुरक्षा गोष्ठी सुरु भएको छ । लुम्बिनि प्रेस क्लबले गौतम बुद्ध बिमानस्थल भैरहवामा कार्यक्रम आयोजना गरेको हो । सुशासन र सुरक्षाकोलागी सरकार सधैं प्रतिबद्ध रहेकोे गृहमन्त्री रामबहादुर थापाले बताएका छन । 

शुक्रबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमा बोल्दै गृहमन्त्रीले मुलुकको शुसासनका लागी सरकार लागेको उल्लेख गर्दै शान्ति सुब्यबस्था कायम राख्न सरकारले कुनै बाकी नराखेको दाबी गरेका छन ।

थापाले यातायात ब्यवसायीले थालेको आन्दोलन प्रति तोक्दै प्रतिस्पर्दाबाट आर्थिक समृद्धि गर्नुपर्ने बताउदै यातायात ब्यवसायीको सिन्डीकेट समाप्त पारेरै छाडने दाबी गरेका छन । उनले माओबादी केन्द्रका महासचिब समेत रहेका गृह मन्त्रि थापाले एमाले र माओबादी केन्द्र बिच चाडैनै एकता हुने बताउंदै एकताको मिति केही दिनमै तय हुने समेत बताएका छन ।

देशमा शान्ति सुरक्षा र अपराध नियन्त्रयण गर्न , सुन काण्डमा प्रहरीका अधिकारीहरु मुछिएकोप्रति अनुसन्धान गरेर दोषीलाई कारबाही गर्नेुपर्ने उनले बताएका छन । ७ वटै प्रदेशमा प्रदेश स्तरिय कार्ययोजना बनाएर सरकार अघि बढन थालेको पनि गृह मन्त्रि थापाले बताएका छन ।

प्रकाशित : 27 April, 2018

प्रतिक्रिया दिनुहोस्