मोदीको सुरक्षाका लागी नेपाल र भारत दुबैैका सुरक्षा टोली सक्रिय

सहयात्रा टिभी

काठमाण्डौं । बैशाख–१८, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा नेपाल र भारत दुवै देशका सुरक्षाकर्मी सक्रिय रुपमा लागी परेका छन् ।

मोदीको सुरक्षा बन्दोबस्त मिलाउन नयाँदिल्लीबाट डीआईजीको नेतृत्वमा भारतीय सुरक्षाकर्मीको टिम जनकपुर आइपुगेको छ ।

मोदीको सुरक्षाका निम्ति नेपाल आएको भारतीय सुरक्षाकर्मीको टोली र नेपालका सुरक्षाकर्मीको टोली मिलेर मोदिको सुरक्षाको लागी स्केच तयार गरिसकेका छन् ।

उक्त स्केच गोप्य रुपमा राखिएको छ । भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणका बेला पाँच घेराको सुरक्षा बन्दोबस्त मिलाइएको प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताएका छन् ।

मोदीको जनकपुर भ्रमणका बेला करिब ७ हजार सुरक्षाकर्मी परिचालन गरिनेछ। आन्तरिक मामिलामन्त्री यादवले मोदीको सुरक्षा बन्दोबस्तका लागि प्रदेशको सुरक्षाकर्मी अपुग भए बाहिरबाट समेत झिकाउने बताए।

प्रकाशित : 1 May, 2018

प्रतिक्रिया दिनुहोस्