स्थानीय तहमा कर्मचारी अपुग
सहयात्रा टिभी
काठमाण्डौँ । जेठ–१ स्थानिय तहको पहिले चरणको निर्वाचन सकिएको सोमबार एक वर्ष भएको छ । सरकारले ऐन बनाउन ढिलाई गर्नु र कर्मचारी पठाउने प्रक्रिया नै ढिला गर्नुले स्थानीय तहमा अझै सात हजार पाँच सय कर्मचारीको अभाव भएको छ । 
स्थानीय तहमा ३७ हजार ७९६ जना कर्मचारी आवश्यक पर्नेमा ७ हजार ४९४ कर्मचारी नपुगेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । यो अवधिमा दलका घोषणापत्र अनुसार कुनै पनि कामको मेलो अघि नबढेको सवत्र गुनासो रहेको छ ।


