एमाले माओवादीबीच पार्टी एकता जेठको पहिलो हप्ता

काठमाण्डौँ । जेठ–२,एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणलाई लिएर विभिन्न झमेला भईरहेको बेलामा एमाले प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग पार्टी एकताको विषयमा जेठको पहिलो हप्तामा एकता हुने छलफल हुन थालेको छ ।
दुई नेताबीचमा सम्वादहरु भएको स्रोतले जानकारी दिएको छ । नीति तथा कार्यक्रम र बजेट गठबन्धनले नभई एकिकरण पछिको नेपाल कम्युनिष्ट पार्टीले ल्याउने तयारी गठबन्धनको रहेको छ ।
जनयुद्ध शव्दावली विधानको प्रस्तावनामा नै राख्ने, प्रतिशतका आधारमा नभई बराबरीको सिद्धान्तका आधारमा एकता गर्ने कुरामा एमाले समेत सहमत भएको माओवादी नेताहरूले बताएको छ । पार्टी एकिकरणको लागि प्रचण्डले घोषणापत्रको लेखन शुरु गरिसकेका छन् ।