धूम्बाराही केन्द्रीय कार्यालयमा एकिकृत पार्टीका दुई अध्यक्षबीच अवलोकन
सहयात्रा टिभी
काठमाण्डौँ । जेठ–४ एकिकृत पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पेरिसडाँडामा अवलोकन गर्दैछन । उनीहरुले आज नेकपा एमाले र नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय धूम्बाराही पेरिसडाँडामा अवलोकन गरेका हुन ।
माओवादी र एमालेको एकतापछि बिहीबार बनेको नेकपाका अध्यक्षद्वयले दुबै कार्यालय अवलोकनपछि कार्यालय व्यवस्थापन प्रक्रिया अघि बढ्ने बताएका छन् । यसअघि माओवादी र एमालेको पार्टी कार्यलय दुवै नै एकीकृत पार्टीको कार्यलय हुने सहमति गरेका छन् ।
तत्कालका लागि धूम्बाराहीको कार्यालयलाई केन्द्रीय कार्यालय र पेरिसडाँडाको कार्यालयलाई भ्रातृ संगठनहरुको कार्यालय बनाउने सो पार्टीको तयारी गरिएको छ । एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने बताइएको छ ।