प्रधानमन्त्री ओली छिटै चीन भ्रमण जाने

काठमाण्डौँ । जेठ–७, प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण गर्न जाने भएका छन । ओली असार ५ गते छिमेकी देश चीनको राजकीय भ्रमणमा जाने भएका हुन ।
भमणको औपचारिक घोषणा हुन बाँकि रहेको बताइएको छ । सम्मेलनको दुई सातपछि प्रधानमन्त्री ओलीलाई चीनले स्वागत गर्ने तयारी गरेको छ ।
प्रधानमन्त्री ओलीले सांघाई कोअपरेसन अर्गनाजेसनको सम्मेलनको अवसर पारेर चीनको भ्रमण गर्न चाहेको जानकारी दिएका छन ।
ओलीले बैशाख ३० गते संसदहरुलाई सम्बोधन गर्दै छिटै चिन जाने भनेर घोषणा गरेका थिए ।
सांघाई को अपरेशनको सम्मेलन जुन ९–१० मा चिङ्दाओमा हुनेछ भने ओली १९ जुनमा चीन भ्रमणमा जाने भएका छन ।