गणतन्त्र कसैको सापटी होईन लडेर स्थापना गरेको :प्रधानमन्त्री ओली
सहयात्रा टिभी
काठमाण्डौँ । जेठ– १५, सैनिक मञ्च टुँडिखेलमा प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र नेपालीका लागि कसैको सापटी होइन नेपालीले लडेर स्थापना गरेको जीवन पद्धति भएको बताएका छन ।
गणतन्त्र दिवसको अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । ओलीले गणतन्त्रलाई संस्थागत गर्न, संविधानलाई कार्यान्वन गर्न र लोकतन्त्रलाई सुदृढ गर्न तीनवटै तहको निर्वाचन सम्पन्न भइसकेको बताएका छन । उनले कार्यक्रममा बोल्दै गणतन्त्र नेपाली सभ्यता र परम्पराको हिस्सा र वर्तमानमा यथार्थ भएको बताए ।
असान्दर्भिक भएका हिजोका कतिपय उपयोगी नीति, विधि र संरचनाहरु परिवर्तन, परिमार्जन र संशोधन गरिने उनले कार्यक्रममा बताएका हुन । केन्द्रमा प्रगतिशिल, देशभक्त र जनपक्षीय सरकार र सातै प्रदेश तथा ७५३ स्थानीय तहमा जननिर्वाचित सरकार क्रियाशिल रहेको उल्लेख गरेका छन ।